बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं। बसको ठक्करबाट पैदल यात्री ७१ वर्षीया वृद्धा सुवर्ण केशरी श्रेष्ठको मृत्यु भएको छ ।

बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नं.को बसले अरनिको राजमार्गको सूर्य विनायक नगरपालिका-८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका-४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले बताए ।

ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाउँपालिका-२, छाप घर भई काठमाडौँ नारायण स्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१