• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भक्तपुरमा दुई दिदीबहिनी झुण्डिएको अवस्था मृत फेला

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८, बोडे सिन्टिटारमा डेरा गरी बस्दै आएकी दुई दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेल सोमबार बिहान डेराको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

उनीहरू चक्रधर प्रजापतिको दुई तले घरको भुईँतलामा डेरा लिएर बस्दै आएका थिए। बिहान करिब ६ः४५ बजे उनीहरू मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

हालसम्म घटनाको कारण खुल्न सकेको छैन। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान भइरहेको छ र विस्तृत विवरणको लागि दुवैको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

प्रहरीले घटनाबारे थप जानकारी संकलन गर्न उनीहरूका आफन्तहरूसँग पनि सम्पर्क गरिरहेको छ।