• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

सबैभन्दा लोकप्रिय नेता नरेन्द्र मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता घोषित भएका छन्। अमेरिकी बिजनेस इन्टेलिजेन्स संस्थाले जुलाई ४ देखि १० तारिखसम्म गरेको अन्तर्राष्ट्रिय सर्वेक्षणमा मोदीले ७५ प्रतिशत जनसमर्थन प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्।

प्रतिवेदनअनुसार, मोदीको अनुमोदन मूल्याङ्कन विश्वभरका नेताहरूमा सबैभन्दा उच्च छ। यससँगै उनी लगातार अन्तर्राष्ट्रिय राजनीतिमा सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन्।

मोदीपछिको दोस्रो स्थानमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ रहेका छन्, जसले ५९ प्रतिशत समर्थन प्राप्त गरेका छन्। तेस्रो स्थानमा भने अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेली छन्, जसलाई ५७ प्रतिशत जनताको समर्थन प्राप्त भएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यस सूचीमा आठौं स्थानमा छन्।