प्रचण्ड–माधवबीच राजनीतिक भेटवार्ता

काठमाडौँ । समाजवादी मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल हुने भएको छ । दुई नेताबिच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुन लागेको हो ।

‘दुई नेताबिच सिंहदरबारमा ३ बजे छलफल गर्ने तय भएको छ’, अध्यक्ष नेपालनिकट स्रोतले भन्यो, ‘छलफलको विषय प्रस्ट थाहा भइसकेको छैन ।’

स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक बोलाउने र यसअघि मोर्चाले गरेका कार्यक्रमबारे समीक्षा हुनसक्नेछ । गत चैत महिनायता मोर्चाको बैठक बस्न सकेको छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१