• २०८३ साउन ८
  • 2026 July 24, Friday

हायू परिवारको बयान – गाउँमा धेरै बिरामी भएर गाउँ मन परेन

काठमाडौं । बेपत्ता भएका सिन्धुलीका हायू परिवार पोखराको गगनगौंडामा फेला परेका छन्। उनीहरू आफ्नै इच्छाले गाउँ छाडेर कामको खोजीमा हिँडेका हुन् भन्ने खुलासा भएको छ।

कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार, “आफ्नो गाउँ मन नपरेको र त्यहाँ धेरै बिरामी भएकाले अर्काे ठाउँमा बस्न गाउँ छाडेको उनीहरूले बताएका छन्,” ओलीयाले भने, “उनीहरू ज्यामी काम गर्ने भन्दै काम खोज्दै स्थानीयको घरमा पुगेका रहेछन्।”

यसअघि उनीहरूको मोबाइल फोन स्विच अफ भएकाले घटना रहस्यमय र शंकास्पद बनेको थियो। स्थानीयबासीका अनुसार, हायू परिवार आर्थिक समस्यामा पनि परेका थिए।

प्रहरीले अहिले उनीहरूलाई आवश्यक सहयोगका उपायहरूबारे छलफल गरिरहेको छ भने परिवारका अन्य सदस्यलाई पनि जानकारी दिइसकिएको छ।