• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

पदाधिकारी बैठकका लागि प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आज ४ बजे बस्ने गरी बैठक बोलाएको ‘प्रचण्ड’ सचिवालयले जनाएको छ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीभित्रको किचलो, १६ गतेबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल हुने जनाइएको छ।

बैठकमा पार्टीले चलाएको दुई अभियानको पनि समीक्षा हुनेछ। स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने माओवादीको तयारी छ। पछिल्लो समय अध्यक्ष ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी फेरि सतहमा आएको छ।

शर्माले माथिबाटै पार्टी फुट्दै छ भन्ने प्रचार गराइएको भन्दै गएको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार विशेष महाधिवेशनमा जान प्रस्ताव अघि सारेका छन्। बैठकमा पार्टीभित्र देखिएको असमझदारीबारे आगामी महाधिवेशनसम्मको विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।