• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

मारवाडी महिला मंचद्वारा वृहत रक्तदान कार्यक्रम आयोजना, ११५ जनाले गरे रगतदान

काठमाडौं । मारवाडी महिला मंच काठमाडौंको आयोजनामा आइतबार सिटी सेन्टर, कमलपोखरीमा सम्पन्न वृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत ११५ जना महिला तथा पुरुषले रक्तदान गरी सामाजिक उत्तरदायित्वमा सहभागी बने।

कार्यक्रमको अध्यक्षता मंचकी अध्यक्ष रेखा खेतानले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका वडा नं. ३० का अध्यक्ष दल बहादुर कार्की सहभागी थिए।

कार्यक्रममा मारवाडी सेवा समिति नेपाल, मारवाडी युवा मंच तथा महिला मंचका विभिन्न पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।

रक्तदानको क्षेत्रमा दीर्घकालीन योगदान गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो। तीमध्ये १८३ पटक रक्तदान गरेका श्री प्रेम सागर कर्माचार्य, १६८ पटक रक्तदान गरेकी श्रीमती नीता घिराईया, ८९ पटक गरेका श्री रामकुमार जैन, ७२ पटक गरेका श्री संजय बथवाल, ६७ पटक गरेका श्री विवेक तातेड, ६४ पटक गरेकी श्रीमती उषा देवी दुगड, ६१ पटक गरेका ज्ञानु राजा महर्जन र ४२ पटक गरेका श्री संजय लोहियालाई सम्मानपत्र र उपहार प्रदान गरिएको हो।

कार्यक्रमको समापन सचिव संगीता सिंघानीयाको धन्यवाद ज्ञापनसहित गरिएको थियो।