• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

दशैंपछि बस्ने केन्द्रीय कमिटी बैठकको तयारी माओवादी केन्द्रमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तय गरेको छ । केन्द्रीय कमिटीको बैठक दशैंलगत्तै बस्ने निर्णय गरेको हो । पार्टी अब यसअघि स्थगन् गरिएको जनतासँग माओवादी अभियान लिएर जाने भएको छ ।

यो अभियान भदौ १५ गतेबाट चलाउने भएको छ । यो अभियान दशैंअघि नै सकाउने र दशैंपछि केन्द्रीय कमिटी बोलाउने अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव स्थायी कमिटी बैठकबाट पारित भएको छ ।

बैठकले उपमहासचिव जनार्दन शर्मालाई नेतृत्वको विरुद्धमा सार्वजनिक रुपमा नबोल्नको लागि सचेत गराएको छ । अध्यक्ष दाहालदेखि प्रायः सबै नेताले शर्मालाई बैठकमा आत्मालोचना गर्न सुझाएका थिए । तर, शर्माले त्यो मानेनन् ।