इन्द्र बानियाँ आज मुख्यमन्त्री बन्ने, शपथ समारोह ४ बजे तय

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त हुने भएका छन् । बानियाँले हिजो (सोमबार) मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी नेपाली कांग्रेसको संसदीय दलका नेतामा निर्वाचित भएपछि मुख्यमन्त्रीमा दाबी गर्न हिजो प्रदेश प्रमुखको कार्यालयमा गएका थिए ।

बानियाँलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको तयारी छ । बानियाँनिकट उच्च स्रोतकाअनुसार मुख्यमन्त्रीमा नियुक्त भए आज अपरान्ह ४ बजे शपथ हुने भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१