• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

राप्रपा: ठूला दलको दम्भले ‘कुलिङ अफ पिरियड’ प्रतिवेदन प्रभावकारी बन्न सकेन

  • २०८२ साउन २०, मङ्गलबार १५:४२

काठमाडौँ । राप्रपा सांसद एवं कुलिङ अफ पिरियडको गडबडी छानबिन गर्न गठित विशेष समितिका सदस्य रोशन कार्कीले ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताएकी छन्।

विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठूला दलका दम्भका कारण चाहेको जस्तो निष्कर्ष निकाल्न नसकिएको बताएकी हुन्।

उनले प्रतिवेदनमा नैतिकता भन्ने शब्द राख्ने विषयमा सहमति जुट्न नै दुई दिन लागेको उल्लेख गरिन् । नैतिकता भन्ने शब्दसँगठूला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी,रास्वपा र राप्रपाले ठूलो दबाब दिनुपरेको उनको भनाइ छ ।

कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले काँग्रेस सभापति र कर्मचारीको दबाबले कुलिङ फ पिरियड चलखेल गरेको पाइएको समेत बताएका छन्।

  • २०८२ साउन २०, मङ्गलबार १५:४२