• २०८३ जेठ २२
  • 2026 June 05, Friday

प्रहरीको गोली चल्दा मदिरा तस्कर समूहका एक सदस्यको मृत्यु

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा प्रहरी र भारत मदिरा तस्कर गर्ने समूहबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका–२ का वडा अध्यक्ष जीतेन्द्र कुमार यादवका अनुसार प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको हो ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार प्रहरीले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले कमलपुर पुगेर उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । राजगढ गाउँपालिका–२ का वडा अध्यक्ष यादव भने सो नाकामा प्रहरी प्रशासनकै मिलेमतोमा मदिरा तस्करी हुनेगरेको बताउँछन् ।