• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्यमा स्थिरता, चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी बढेर २ हजार ३०५  रुपैयाँमा कायम भएको थियो ।