• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

बलिदानको टिजर सार्वजनिक, सौगात र समीर एकैठाउँ (भिडियो)

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ। शनिबार सार्वजनिक गरिएको टिजर अनुसार, फिल्म आगामी फूलपाती दशैंको दिन, २९ सेप्टेम्बर २०२५ मा देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

टिजरमा दमदार संवाद, सशक्त दृश्य र गम्भीर राजनीतिक भावभूमिको झलक देख्न सकिन्छ। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, सुप्रज्ञा शर्मा, सृजना भुजेल, दिपेश गजुरेल र सुरेन्द्रसिंह लगायतका कलाकारहरूको अभिनय रहनेछ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको टिजरलाई ३ घण्टामा नै एक लाखभन्दा बढी पटक हेरिएको छ । चलचित्र ‘बलिदान’ ले सामाजिक तथा राजनीतिक विषयवस्तुलाई उठाउने अपेक्षा गरिएको छ। अब टिजर सार्वजनिक भएसँगै ट्रेलर र फिल्मको विषयमा अझ चासो बढेको देखिन्छ।