• २०८३ असार २८
  • 2026 July 12, Sunday

रुपन्देही–३ उपनिर्वाचन : कांग्रेसले फिल्ड स्टडीका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई पठायो

आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनका तयारी स्वरूप नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई फिल्ड स्टडीका लागि रुपन्देही पठाएको छ। पार्टीका अर्का महामन्त्री गगन थापाले शर्मालाई उपनिर्वाचन सम्बन्धी अध्ययन गर्न पठाइएको पुष्टि गरेका छन्।

यसअघि कांग्रेसले २०७९ को चुनावमा सो क्षेत्रबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य बालकृष्ण खाण, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाण र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई बोलाएर क्षेत्रको अवस्थाबारे छलफल गरेको थियो।

महामन्त्री शर्माले रुपन्देही–३ मा पार्टीको संगठनात्मक स्थिति, उपनिर्वाचन जित्न आवश्यक रणनीति तथा सम्भावित उम्मेदवार चयनबारे अध्ययन गरेर पार्टीलाई प्रतिवेदन बुझाउने छन्।