प्रधानमन्त्री ओलीद्वारा नौबिसे–नागढुङ्गा सुरुङमार्ग छिट्टै सञ्चालनमा आउने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको र चाँडै सञ्चालनमा आउने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाबाट काठमाडौं आउजाउ गर्दा हुने समय र कष्ट कम हुने बताए।

प्रधानमन्त्रीका अनुसार हालसम्म परियोजनामा ९३ प्रतिशत भौतिक प्रगति भएको छ। यस मार्ग सुरुङमार्ग निर्माणका लागि टनेल बोरिङ मेसिन (टीबीएम) र विस्फोटक पदार्थ प्रयोग नगरिएको छ। अहिले सानो सडक अवरोधका कारण नौबिसे–काठमाडौंको यात्रा लामो समय लाग्ने भए पनि सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय करिब २० मिनेटमा झर्ने छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१