• २०८३ असार २८
  • 2026 July 12, Sunday

रुपन्देही–३ उपनिर्वाचन :रास्वपाका ९ उम्मेदवारहरु छलफलका लागि भैरहवामा

कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट ९ जना आकांक्षी उम्मेदवार भैरहवा आएका छन्। आइतबार भैरहवास्थित रामादा होटलमा उम्मेदवार चयन प्रक्रियाबारे छलफल जारी रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

उम्मेदवारसँग प्यानल छलफलमा सहमहामन्त्री विपिन आचार्य, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल, सांसद प्राध्यापक डा. चन्दा कार्की र प्रवक्ता झा सहभागी छन्। साथै, उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले उम्मेदवारहरूसँग ‘वन अन वन’ छलफल गर्ने कार्यतालिका तय गरिएको छ।

यस प्रक्रियाको उद्देश्य उम्मेदवारहरूले संविधान, देशको वर्तमान राजनीतिक अवस्था, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास र जनचासोबारे कतिको जानकारी राख्छन् भन्ने मूल्याङ्कन गर्नु रहेको छ।

रास्वपाले साउन २७ देखि भदौ ११ सम्म आन्तरिक मूल्याङ्कन गर्दै, भदौ १२ र १३ मा प्राइमरी निर्वाचन सम्पन्न गर्ने योजना बनाएको छ।