• २०८३ असार २८
  • 2026 July 12, Sunday

रुपन्देही–३ उपनिर्वाचनका लागि एकीकृत समाजवादीले गठन गर्यो पाँच सदस्यीय कार्यदल

नेकपा एकीकृत समाजवादीले आगामी रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनबारे अध्ययन प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको संयोजक लुम्बिनी प्रदेश इन्चार्ज तथा उपमहासचिव मेटमणि चौधरी रहेका छन्।

कार्यदलमा सचिव सोमप्रसाद पाण्डे, प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इन्चार्ज नन्द बन्जाडे र जिल्ला अध्यक्ष हिराध्वज शाह रहेका छन्। कार्यदलले भदौ १० भित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ।

सचिव पाण्डेका अनुसार आइतबार कार्यदलको पहिलो बैठक बसेर काम सुरु भएको छ। आगामी कात्तिक १७ मा हुने उपनिर्वाचनमा पार्टीले एक्लै लड्ने वा अन्य पार्टीसँग सहकार्य गर्ने निर्णय प्रतिवेदन प्राप्त भएपछि लिन्ने उपाध्यक्ष प्रकाश ज्वालाले बताएका छन्।