स्वास्थ्यमा समस्या देखिएपछि रवि लामिछानेको जेलमै स्वास्थ्य परीक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।

रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको रास्वपा नेता दिपक बोहराले बताए ।

उनले भने, ‘उहाँको रुपन्देहीबाट ल्याउँदा हातका छालाहरू पहेँलो भएको थियो । लामो समय बाहिर निस्कन नपाएको कारणले पनि हुनसक्छ । अहिले रगत परीक्षण हुँदैछ ।’

लामिछानेलाई शनिबार रुपन्देहीबाट नख्खु कारागार सरुवा गरेर ल्याइएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१