
इलाम नगरपालिका ९ र ११ वडा जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज औपचारिक सञ्चालनमा आएको छ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन्।
भारत सरकारको सहयोगमा सो पुल निर्माण भएको हो। उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ्, पाँचथर र इलामका बासिन्दालाई झापासम्मको आवतजावत सहज भएको छ।
उक्त पुल ४८.८ मिटर लामो रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। १ करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो।
यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दूरी समेत छोटो भएको छ।