
सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोल बजार नगरपालिका-२ निपनियामा रु. ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्यांकी पनि निर्माण गरिएको छ ।
कमला सिँचाइ कार्यालयका अनुसार यो बोरिङबाट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधवारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे।
त्यस अवसरमा गोल बजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमछ वटा डिप बोरिङ खनिएको जानकारी दिए ।