एनएमए नेतृत्वमा माओवादी–रास्वपाको जित, कांग्रेस– एमाले पक्षको हार

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्वमा फुर गेल्जे शेर्पा विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा फुरले सत्ता गठबन्धनका उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्।

फुरले ३४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी गुरुङले २८८ मत प्राप्त गरेका थिए। फुर नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूको साझा उम्मेदवार हुन् भने गुरुङ सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीको तर्फबाट उम्मेदवार बनेका थिए।

नेतृत्व टिमको नतिजा

  • वरिष्ठ उपाध्यक्ष : ईश्वरी पौडेल – ३४५ मत, टिका गुरुङ – २५८ मत

  • प्रथम उपाध्यक्ष : मिङ्मा ग्याबो शेर्पा – ३५९ मत, काजी शेर्पा – २५६ मत

  • द्वितीय उपाध्यक्ष : बोधराज भण्डारी – ३६८ मत, धनबहादुर गुरुङ – २३८ मत

  • महासचिव : राजेन्द्रबहादुर लामा – ३१८ मत, विमल नहर्की – २०९ मत, शिव सापकोटा – ६८ मत

  • सचिव : चन्दन थापा – ३५८ मत, ङिमा दिकी शेर्पा – २४४ मत

  • कोषाध्यक्ष : ङिमा नुर्बु शेर्पा र सुमी लामा – दुबैले ३०४–३०४ मत पाएपछि आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति।

सदस्यतर्फ निर्वाचित

माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७)।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१