तारकेश्वरको साङ्ला खोलामा इभी माइक्रो बस दुर्घटना

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मा आज बिहान इभी माइक्रो बस साङ्ला खोलामा खसेको छ ।

काठमाडौँ नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो ।

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१