• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

देश विकासका लागि एमालेले जित्न जरुरी छ : एमाले अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् ।

गृहजिल्ला झापाको मेचीनगरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । उनी आज बिहान काठमाडौंबाट झापा आएका हुन् । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर अपराह्न मेचीनगरको धुलाबारी पुगेका छन् ।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान पनि गरे । उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।