• २०८३ असार २७
  • 2026 July 11, Saturday

रास्वपा नेता अरनिको पाँडेविरूद्ध अदालतमा मुद्दा दर्ता, न्यायाधीश कार्कीको इजलासमा थुनछेक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेविरुद्ध काठमाडौं जिल्ला अदालतमा थुनछेक प्रक्रिया अघि बढ्न लागेको छ। उनीमाथि परेको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको हो।

शुक्रबार बिहानै सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गरेको थियो। कार्यालय समय सुरु हुनु अघि नै मुद्दा दर्ता भएकाले आजै पेसी तोकिएको हो।

इजलासमा सबैभन्दा पहिले पाँडेको प्रारम्भिक बयान लिइनेछ। त्यसपछि थुनछेक सम्बन्धी बहस हुनेछ। बहसपछि न्यायाधीश कार्कीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा हाजिर जमानीमा छाड्ने भन्नेबारे निर्णय गर्नेछन्।

अरनिको पाँडे साइबर ब्युरोको हिरासतमा बुधबारदेखि रहेका छन्। उनीविरुद्ध एक महिलाले जिमेलमार्फत अपशब्द प्रयोग गरेर गाली गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। साउन १२ गते साइबर ब्युरोमा निवेदन दर्ता भएपछि, भदौ ५ गते पक्राउ पुर्जी जारी गरिएपछी प्रहरीले उनको खोजीकार्य थालेको थियो।