• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

कारागारबाट भागे टोपबहादुर रायमाझी पनि

  • २०८२ भदौ २५, बुधबार १५:२९

काठमाडाैं । पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि कारागारबाट भागेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी सुन्धारा कारागारको भद्र बन्दीगृहमा थिए। रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्।

कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्।

डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीहरू पनि भाग्न खोजेका थिए। तर सेनाले उनीहरूलाई केन्द्रीय कारागार स्थानान्तरण गरिरहेको छ।

  • २०८२ भदौ २५, बुधबार १५:२९