राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय, मृतकका परिवारलाई तत्काल एक लाख दिने

काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

यसैगरी, मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै सो निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रिपरिषदले निर्णय लिने उनले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१