काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६ सँगको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै ‘वर्ल्ड कप टु वर्ल्ड कप’ (World Cup to World Cup) विशेष योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले हुण्डाईका गाडी खरिद गर्दा एक विश्वकपदेखि अर्को विश्वकपसम्म अर्थात् चार वर्षसम्म विभिन्न विशेष सुविधाहरू प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस योजनामा निश्चित मोडलका गाडीहरूमा ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट उपलब्ध गराइएको छ ।
यसका साथै ग्राहकहरूले ४४ हजार ४ सय ४४ रुपैयाँसम्मको ‘विशेष वर्ल्ड कप बोनस’ समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले १ वर्षको विस्तृत बिमा (Comprehensive Insurance) र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुविधा पनि प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
हुण्डाईले आफ्ना ग्राहकहरूलाई दीर्घकालीन मूल्य र ढुक्कता प्रदान गर्नका लागि सबै हुण्डाई गाडीहरूमा ४ वर्षको वारेन्टी, ८ वर्षको हाई-भोल्टेज ब्याट्री वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
हुण्डाई नेपालले आफ्ना ग्राहकहरूलाई यो सीमित अवधिको अफरको लाभ उठाउन नजिकैको हुण्डाई शोरुममा जान आग्रह गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर रहेका आफ्नो बलियो बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।