
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट धरान पुगेर पत्रकार सम्मेलन गर्दै रोएका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका साम्पाङले ‘देशनै नबचे हामी कसरी रहन्छौं’ भन्दै रोएका हुन् ।
उनले कोहि नेता बाहिर ननिस्किएको बेला आफू बाहिर निस्केको बताउदै आफूलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएको बताउदै भावुक बनेका थिए । उनले आफूले बलिरहेको देशलाई बचाउन भन्दै गएको बताए ।
उनले जेनजी आन्दोलनको म्यान्डेट बालेनलाई प्रधानमन्त्री बनाउने रहेको र बालेन पछि हटे हर्क साम्पाङ आउनुपर्छ भनेपछि आफू काठमाडौँ गएको उनले बताए ।
साथै, उनले को प्रधानमन्त्री बन्ने र को के बन्ने भन्ने सूची पहिला नै बनिसकेको दाबी पनि गरे ।