बग्गीखानाको निरीक्षणमा पुगे गृहमन्त्री, निजी तथा सार्वजनिक सम्पति जलाउनु गलत

काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् ।

गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोडसहित आगजनी गरेका थिए । आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन् ।

अवलोकन पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न नहुने भन्दै निजी तथा सार्वजनिक सम्पति जलाएर गलत काम भएको बताए ।

त्यस्तै, उनले सबै स्टेकहोल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए ।

उनले भने, ‘हामी नेपाली हौं । यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ । त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ । हामी सबैको उद्देश्य एउटै छ । भावना एउटै छ । देशलाई नष्ट पार्ने काम चाहीँ कसैले पनि गर्न हुँदैन । अब भौतिक संरचनाको पुनर्निर्माण मात्र नभएर हाम्रो आचरण पद्दतीको पनि पुन निर्माण हुन सक्छ यो । यसमा सबै स्टेकहोल्डरहरुको कुरा आएपछि काम अगाडि बढाउँछौं ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१