• २०८३ जेठ २२
  • 2026 June 05, Friday

विदेशमा बस्ने नेपालीका लागि दसैँ टीकाको साइत: कुन देशमा कहिले ?

काठमाडौं । यस वर्षको विजया दशमी (बडादसैं) का लागि नेपाल तथा विदेशमा टीका लगाउने शुभसाइत सार्वजनिक गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीका लगाउन उत्तम साइत रहेको छ। यसअघि नै समितिले देशभित्रका लागि साइत सार्वजनिक गरिसकेको हो।

विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले शनिबार (असोज ४ गते) साइत घोषणा गरेको हो।

समितिका अनुसार भारतको नयाँ दिल्लीमा अक्टोबर २ बिहान ११ बजेर ४९ मिनेटमा शुभसाइत परेको छ।

त्यसैगरी, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ बिहान ११:२५, जापानको टोकियोमा अक्टोबर २ मा बिहान ११:३१, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ मा बिहान ११:४३, पोर्चुगलको लिस्बनमा बिहान ९:२३ र बेलायतको लन्डनमा बिहान ९:१७ मा टीका लगाउने उत्तम समय रहेको समितिले जनाएको छ।

याे पनि : 

यस वर्षको दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ : ५३ बजे