राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकहरूले अझै केही दिन विश्राम गर्न सुझाव दिएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
आवश्यक स्वास्थ्य परीक्षण र उपचारपछि आइतबार अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो। तर, डाक्टरहरूले थप केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन् भन्ने जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।
यही कारण आजका लागि तय गरिएको जेनजी आन्दोलनका प्रतिनिधिहरूसँगको भेटवार्ता स्थगित गरिएको छ। अन्तरिम सरकारमा मन्त्रिपरिषद् विस्तार र आफ्ना माग पूरा नभएको विषयमा छलफल गर्ने तयारी थियो।
यसअघि शनिबार भेटवार्ता तय गरिएको थियो तर राष्ट्रपति बिरामी परेकाले कार्यक्रम स्थगित गरिएको थियो। त्यसलाई आजका लागि सारिएको भए पनि स्वास्थ्य अवस्थाका कारण पुनः स्थगित भएको हो।