• २०८३ जेठ २५
  • 2026 June 08, Monday

पुस १६ देखि महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबारको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गरेका छन्।

महामन्त्री थापाले पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पेस गरेका हुन् ।