काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पनि केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका पेस गरेको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखको अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
वैशाख २७, २८ र २९ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव सहमहामन्त्री यादवले केन्द्रीय समितिमा राखेका हुन् ।
यसअघि केन्द्रीय समितिमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका थिए।
देउवा पक्ष फागुन २१ को चुनावपछि वैशाखमा मात्र महाधिवेशन गर्ने पक्षमा उभिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने पक्षमा उभिएका छन्।