काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)बाट छुट्टिएका जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याललगायत नेताहरूबीच छलफल भएको छ।
उनीहरूबीच वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा लाटिम्पाटको होटल एमबास्डरमा छलफल भएको जनाइएको छ। वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि भट्टराईले विभिन्न दलहरुका नेताहरुसँग छलफल थालेका हुन्।
जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।