• २०८३ जेठ २५
  • 2026 June 08, Monday

एमाले फर्किने तयारीमा रहेका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतले भेटे केपी ओली

काठमाडौं । नेकपा (एस)बाट अलगिएका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरु एमाले फर्किने निश्चित भएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटघाट पछि एमाले फर्किने निश्चित भएको हो।

एमाले नेता महेश बस्नेतले झाँक्रीसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने तय भएको दाबी गरे। मंसिर २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर फर्किन लागेको बताए।

उनीहरु राति १० बजे गुण्डु गएर विहान २ बजे फर्किएका थिए ।

नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादीसहित १० वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू एमाले फर्किन लागेका हुन्। महासचिव घनश्याम भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन्।