• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अपचलन रोक्दै पाटन संयुक्त क्याम्पसको कदम, रोहित कपालीको नेतृत्वमा त्रिवि सम्पत्ति संरक्षण

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन संयुक्त क्याम्पसले आफ्नै अचल सम्पत्तिको दुरुपयोग रोक्दै उदाहरणीय कदम चालेको छ। स्ववियु सभापति रोहित कपालीको नेतृत्वमा क्याम्पस प्रशासनले सान फर्निचरले तीन वर्षदेखि अपचलनमा राख्दै आएको संरचना खाली गराई पुनः शैक्षिक प्रयोजनका लागि प्रयोगमा ल्याउने निर्णय गरेको हो।

ललितपुर महानगरपालिका वडा नं. १० को रोहवरमा सम्पन्न कार्यबाट अब सो भवनमा नियमित कक्षा सञ्चालन हुने भएको छ।

सभापति कपालीले त्रिभुवन विश्वविद्यालयका विभिन्न इकाइमा भइरहेको जग्गा–जमिन तथा सम्पत्ति हिनामिना र अनियमितता तत्काल छानबिन गर्न माग गर्दै सम्पत्ति संरक्षणमा सबैकै जिम्मेवारी आवश्यक रहेको बताए।

उनले विद्यार्थी, शिक्षक र स्थानीय निकायको सहकार्यमा क्याम्पसका सम्पत्ति र स्रोतको सदुपयोग गर्दै शैक्षिक वातावरण सुधार्ने अभियान निरन्तर जारी रहने जनाए।