• २०८३ जेठ २५
  • 2026 June 08, Monday

पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको भन्दै त्यसरी होस् गुमाउन र गाली गलौज मा उत्रिनु पर्ने आवश्यकता नभएको बताए ।

उनले भने, ‘एकताको प्रक्रिया अगाडि बढि रहेको छ । एकताको अभियान अगाडि बढि रहेको छ । यो एकताको अभियानले नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको हुनुपर्छ । उनीहरुको होस हवास गुमेको हुनुपर्छ । तर होस गुमाउनु आवश्यक छैन । गाली गलौजमा उत्रिनु पर्ने आवश्यकता छैन । बरु हामीलाई धन्यवाद दिनु मैले त बिगारे तपाईहरु सपार्नु भनेर धन्यवादको प्रस्ताव पास गरे हुन्छ । धन्यवादको प्रस्ताव पास गर्नु भयो भने त्यसले हाम्रो घाउमा मलमको काम गर्नेछ ।’

यस्तै, उनले पार्टी र पार्टीका नेता, कार्यकर्ताहरुमा रहेको विकृति र विसंगतिहरुलाई बिर्सियो भने नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाइ दोहोरिन बेर नलाग्ने पनि बताए ।

उनले भने, ‘जनतामा राजनीतिप्रति वितृष्णा किन पैदा भइरहेको छ । राजनीति, दल र नेताप्रति निराशा किन पैदा भइरहेको छ । यसका कारणहरु के छन् । यी सबै कुराको बारेमा हामीले आत्ममन्थन गरेनौ भने, समिक्षा गरेनौ भने पार्टीहरुमा रहेको विकृति र विसंगतिहरु नेता कार्यकर्ताहरुमा रहेको विकृति र विसंगतिहरुलाई बिर्सियौ भने फेरि नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाई दोहोरिन बेर लाग्दैन ।’

साथै, यो समाज परिवर्तन गर्नको लागि नयाँ चरित्र बोकेका पार्टी निर्माण गर्न लागेको भन्दै उक्त पार्टी क्रान्तिकारी चरित्र, इमान्दार योद्धाहरुको, समर्पित योद्धाहरुको, देश र जनताप्रति समर्पित भएको योद्धाहरुको पार्टी हुने उनको भनाइ छ ।