काठमाडौं । रास्वपाका पुर्व प्रमुख सचेतक सन्तोष परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एकतामा नगएका माओवादी केन्द्रको जनार्दन शर्मा समूहसँग पाँच बुँदे सहमति गरेका छन्।
एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति गरेका छन् भने मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छन्।
सहमति पत्रमा दुर्गा सोव-संयोजक, नेसपा(नयाँ शक्ति), सुदन किराँती- संयोजक, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार- निवर्तमान प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर गरेका छन्।
