• २०८३ जेठ २५
  • 2026 June 08, Monday

रविसँग भेटेपछि स्वर्णिमले भने– यो सरकारले सहकारी छानविन प्रतिवेदन पुनः अध्ययन गरोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् ।

मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्लङ देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुनअध्ययन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४/५ महिना भयो भैरहवामा लामो समय राखियो । आधार के थियो ? संसदले बनाएको छानविन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानविन रिपोर्ट तयार भएको दुई–तीन घण्टामा नै क्याविनेटमा लगेर कारवाही गराएको ओली सरकारको नियतबारे आम जनताले छर्लङ्ग थाहा पाइसकेका छन् । त्यो प्रतिवेदनको पाना नं.४४९ फेरी पढिदिन यो सरकारलाई आग्रह गरेका छौं । त्यो सहकारी छानविन प्रतिवेदनलाई क्याविनेटले पुन: अध्ययन गरोस् र त्यसलाई अनुसन्धान फेरि गर्नुपर्नेमा कानुनी राय लिओस् ।’