• २०८३ जेठ २५
  • 2026 June 08, Monday

चन्द्र भण्डारीको टिप्पणी: अझै हाम्रो पार्टीभित्र पनि चुनाव भन्दै बुरुक्क-बुरुक्क गर्दैछन्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले फागुन २१ चुनाव भएर सजिलै सत्ता हस्तान्तरण नहुने बताएका छन्।

उनले एमाले नेताहरूलाई सिमरा जान अवरोध भएको प्रसङ्ग जोडेर यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेस चुनाव–चुनाव भन्दै हिँडेको भनि कटाक्ष पनि गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टी भित्र पनि चुनाव, चुनाव भन्दै बुरुक्क–बुरुक्क गर्ने साथीहरू भेटिनुहुन्छ ! मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी !’

भोटो फटालेको उदाहरणले अहिले काम नगर्ने भन्दै सिमरा घटना त कास्टिङमात्र भएको उनको टिप्पणी छ ।

उनले भने– ‘सबै मिलेर देश समाल्ने समय हो । जोस र अनुभवको संगम निकास हो । आआफ्नो स्वार्थ निकास होइन ।’ उनले आफूले केन्द्रीय समितिमा राखेका कुरा अब सुरु हुन लागेकाे पनि उल्लेख गरेका छन् ।