अमेरिकी डलरको भाउ हालसम्मको उच्च, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबार ताेकेकाे विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो ।

केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढेपछि डलरको मूल्य पनि बढ्न थालेकाे छ ।

त्यस्तै, मंगलबार युरोपियन युरो एकको खरिददर भने १३० रूपैयाँ २७ पैसा र बिक्रीदर १३० रूपैयाँ ९० पैसा पुगेको छ ।

राष्ट्र बैंकले मंगलबार अस्ट्रेलियन डलर एकको खरिदमा ८६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०१ पैसा तोकेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०३ पैसा पुगेको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिदमा ३२ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३३ रूपैयाँ १२ पैसा पाइन्छ । कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०१ पैसा पुगेको छ ।

युएई दिराम एकको खरिददर मंगलबार ३३ रूपैयाँ ६६ पेसा र बिक्रीदर ३३ रूपैयाँ ८३ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ ।

आज राष्ट्र बैंकले तोकेअनुसार कुवेती दिनार एकको खरिददर ४०२ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४०४ रूपैयाँ ७९ पैसा पुगेको छ । बहराइन दिनार एकको खरिदमा भने ३२७ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३२९ रुपैयामा ५८ पैसा कायम गरिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१