
काठमाडाैं । बुधबारदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् । शुक्रबार हुने स्थानीय तह निर्वाचनकाे लागि बुधबारदेखि विद्यालय बन्द भएका हुन् ।
धेरै विद्यालमा मतदान केन्द्र भएकाले पनि तयारीका लागि बुधबारदेखि विद्यालय बन्द गरिएको हो ।
३० गते सरकारले सार्वजनिक बिदा दिएको छ । ३१ गते शनिबार परेको छ । जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णयअनुसार १ गते आइतबार पनि बिदा हुने भएको छ । जेठ २ गते बुद्धजयन्तीमा पनि सार्वजनिक बिदा छ । बुधबारदेखि बन्द भएका विद्यालय जेठ ३ गते मात्र खुल्नेछन् ।
विद्यालय र क्याम्पससमेत बिदा भएपछि निर्वाचनका लागि गाउँ घर जानेको भिड बढेको छ । काठमाडाैंका मुख्य नाकाहरुमा गाडीको चाप पनि बढेकाे छ ।