Category: खेल

खेल

  • युगान्डबाट नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

    युगान्डबाट नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

    नेपाल काठमाडौं । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् । बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरु नेपाल फर्किएका हुन् ।

    प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए ।विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले टोलीकी कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरु भएको बताईन् ।उनले भनिन्, ‘समग्रमा प्रतियोगिता एकदमै राम्रो नै भयो, हामीले परिणाम ल्याउन सकेनौ भन्ने कुरा हो । हामीले आफ्नो तर्फबाट एकदमै राम्रो क्रिकेट खेलेका हौ तर परिणाम राम्रो आउन सकेन् ।

    हामीले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिन्थ्यो होला मेरो आफ्नो पनि केही गल्ती थियो होला ।’यस्तै, नेपाली महिला क्रिकेट टोलीका कोच मनोज कटुवालले खेलको क्रममा भएका साना साना गल्तीले गर्दा हार व्यहोर्नु परेको स्वीकार गरेका छन् ।नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजित भएको थियो । युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो । हङकङसँग पहिलो खेलमा दुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो ।

  • नयाँ प्रशिक्षकसहित नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई

    नयाँ प्रशिक्षकसहित नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई

    काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तरगत मलेसिया विरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ ।

    मंगलबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाई गरिएको हो ।सोही क्रममा टोलीका कप्तान किरण चेम्जोङले नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिनुभएको छ त्यो टोलीका सबै खेलाडीहरुले सकरात्मक लिएकाले आउने खेलमा पक्कै पनि केही परिवर्तन हुने बताए ।

    उनले भने, ‘हामी एकदमै उत्साहित छौं । यसपाली हाम्रो कोच पनि नयाँ हुनुहुन्छ र उहाँ पनि हामीसँग काम गर्न पाउँदा उत्साहित हुनुहुन्छ । नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिनुभएको छ । टोलीका सबै खेलाडीहरुले राम्रो तरिकाले लिएका छन् । केही नयाँ कुराहरु सिक्न पाएका छौं । पक्कैपनि केही परिवर्तन देख्न पाउनु हुनेछ ।’साफको तयारी भइरहेका बेला साफभन्दा दुई हप्ता अगाडि एउटा सिरिज नेपालमा नै खेल्न पाइयो भने एकदमै राम्रो हुने पनि उनको भनाइ छ ।यस्तै, प्रशिक्षक म्याट रोसले नेपालमा धेरै राम्रो खेलाडीहरु भएका कारण छनोटको क्रममा समस्या भएपनि सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको बताए । खेलाडीहरुले कस्तो खेल्छन् भनेर हेर्न उत्साहित रहेको भन्दै उनले टोलीलाई नेतृत्व गर्ने सपना पूरा भएको बताए ।उनले भने, ‘खेलाडीहरुको प्रस्तुती, प्रतिबद्धता एकदमै राम्रो छ । तालिम दिने बेला कुनै पनि खालको समस्या भएन ।

    नेपालमा धेरै राम्रो खेलाडीहरु छन्, त्यही कारण छनोटको क्रममा भने समस्या भएको थियो । अहिले सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको छु । हाललाई धेरै प्रेसर महशुस गरेको छैन् । तर म उत्साहित छु ।’उनले परिणामको बारेमा अहिले भन्न सकिने अवस्था नभएपनि बलियो र सकरात्मक प्रस्तुतीको आशा गरेको भन्दै प्रतिस्पर्धा गर्ने टोली पछाडि नहट्ने सोचमा रहेको बताए ।नेपालले यही मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ ।अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो ।रोसले सिंगापुर र मलेसियाका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । यस पटक गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी तीन नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

  • ‘१७ औं धर्मश्री’को तयारी सुरु

    ‘१७ औं धर्मश्री’को तयारी सुरु

    काठमाडौं । नेपाल व्यायाम मन्दिरले ‘१७ औं धर्मश्री’ प्रथम पिएल सिंह मेन्स स्पोट्र्स फिजिक्स १७ c.m.over\under,   प्रथम वोमेन्स वडिविल्डिङ्ग ओपन र ५० वर्ष माथिका मास्टर खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको छ ।

    सोमवार पत्रकार सम्मेलन गर्दै सर्वसाधारणलाई शारीरिक व्यायामप्रति आकर्षित गरि नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।
    शहिद धर्मभक्त माथेमाको स्मृतीमा आयोजना गर्दै आएको “धर्मश्री” प्रतियोगिता यस वर्ष यही चैत्र ७, ८ र ९ गते हुँदैछ ।

    प्रतियोगितामा करिब ६०० जना खेलाडीहरुको सहभागिता रहने र प्रतियोगिताको प्रत्येक तौल समुहबाट ६ जना खेलाडीहरु छनौट गरिने छ ।काठमाडौं महानगरपालिका, भक्तविर सिंह तुलाधर फाउन्डेसन, शैलेस प्रताप केसी, फिटनेश च्वाईस, डाईट नेपाल, नेप न्यूट्रेसन प्रालि, मनकामना केवुलकारले यो प्रतियोगिताको प्रायोजन गर्नेछ । प्रतियोगिता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

  • चार देशीय सिरिज : तेस्रो स्थानको लागि नेपालले आज हङकङ संग खेल्दै

    चार देशीय सिरिज : तेस्रो स्थानको लागि नेपालले आज हङकङ संग खेल्दै

    काठमाडौं । युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसंग खेल्दैछ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२ः ४५ बजेदेखि शुरु हुनेछ ।

    सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो ।

    नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो ।अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै फाइनलमा भने शिर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।

  • महिला टी–ट्वान्टीमा आज नेपाल र नामिबिया भिड्दै

    महिला टी–ट्वान्टीमा आज नेपाल र नामिबिया भिड्दै

    काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।
    खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
    जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ ।
    नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।

  • टियु क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र, वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य

    टियु क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र, वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य

    काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ । फागुन २० गते शुभ साइतको अवसर पारेर पूजा गरेसङै निर्माण कार्य औपचारिक रूपमा अगाडि बढेको छ ।

    टियु मैदानको प्यारापिट विस्तार गर्ने जिम्मा बीकेओआई-केसीडिसी-बिजी जेभीले लिएको छ। उक्त कम्पनीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो।

    निर्माण कार्यको सुपरिवेक्षण गरिरहेका साइट म्यानेजर प्रेम पौडेलका अनुसार तीन सिफ्टमा काम गरी आगामी वैशाख २४ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्यलाई समयमै पूरा गर्न आवश्यक स्रोतसाधन परिचालन गरिएका छन्।

    टियु क्रिकेट मैदान नेपालकै सबैभन्दा ठूलो र ऐतिहासिक खेलमैदानहरू मध्य एक हो। प्यारापिट विस्तारसँगै मैदानको दर्शक क्षमता वृद्धि हुने तथा खेलाडी र दर्शकहरूका लागि थप सुविधाजनक वातावरण तयार हुने अपेक्षा गरिएको छ ।

    यसअघि गत असारमा पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गरेका थिए ।उक्त कामका लागि ३०० दिनको समय सीमा तोकिएको मा २०० दिन कटेपछि मात्र काम सुरु गरिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्यारापिट रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको थियो ।

    प्रधानमन्त्रीले तोकेको समय सीमा पुरा हुन अब केबल २ महिनाको समय बाकी रहेको छ ।

    हेर्नुहोस् (फोटो  फिचर)

    )

  • शहीद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा च्यासल र वीरगञ्ज भिड्दै

    शहीद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा च्यासल र वीरगञ्ज भिड्दै

    काठमाडौं । शहीद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

    एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन् ।प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

    ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन् ।

    लिगको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ ।यसैगरी, सवोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ५०–५० हजार रुपैयाँ पुरस्कार दिइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

  • क्यानले सार्वजनिक गर्याे वार्षिक खेल तालिका

    क्यानले सार्वजनिक गर्याे वार्षिक खेल तालिका

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले २०२५ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

    शनिबार संघका सचिव पारस खड्काले पत्रकार सम्मेलनमार्फत वार्षिक खेल तालिका सार्वजनिक गरेका छन् ।

    खेल तालिकामा अप्रिलमा हङकङ, नेपाल, कतार र नामेबियाबीच मेन्स नेसनल टि–ट्वान्टी च्याम्पियन्ससिप हुने छ भने महिला टोली भुटान जाने तालिका छ ।

     

    हेर्नुहोस् वार्षिक खेल तालिका

     

  • शहिद स्मारक बी डिभिजिन लिगको तयारी पूरा, ९१ वटा खेलहरु संचालन हुने

    शहिद स्मारक बी डिभिजिन लिगको तयारी पूरा, ९१ वटा खेलहरु संचालन हुने

    काठमाडौं । अखिल नेपाल फुटबल संघले भोली (शनिबार)देखि सुरु हुने शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी (एन्फा) ले शनिबारदेखि दशरथ रंगशालामा शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।एन्फाका अनुसार प्रतियोगितामा सिहगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।

    प्रतियोगितामा देशभरका १४ करवहर– आरसिटी, श्री भगवती क्लव, तुसाल युथ क्लब, ब्रिगेड व्वाइज करब, ब्वाइज यूनियन क्लव, मध्यपुर युथ करब, च्यासल युथ कनव, श्री कुमारी क्लव, बांसवारी करव, नयाँ बस्ती युद्ध करब, सरस्वती युथ क्लव, विरगंज युनाइटेड क्लव, झापा फुटवल क्लब र प्लानिङ्ग व्याइज युनाइटेडको सहभागिता रहनेछ ।एन्फाले यस प्रतियोगिताको लागि सम्पूर्ण तयारीहरु पुरा गरिसकेको छ । प्रतियोगिताको मार्केटिङ्ग, टिकेटिङ्ग र वोडकास्टिङ्ग अधिकारMDAC Sports लाई प्रदान गरिसकिएको छ ।

    प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ रु १०० र भीआइपी पारापिटतर्फ रु ३०० तय गरिएको छ । त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ रु १०० कायम गरिएको एन्फाले जानकारी दिएको छ ।प्रतियोगितामा प्रथम पुरस्कार रु १५ लाख, द्वितीय पुरस्कार रु १० लाख, तृतीय पुरस्कार रु ५ लाख फेयर प्ले टिम रु १ लाख, उत्कृष्ट खेलाडी रु १ लाख,उत्कृष्ट गोलकिपर रु ५०,०००,सर्वाधिक गोलकर्ताः रु ५०,०००र प्लेअर अफ द म्याच ७,५०० रहेको छ ।एन्फाका अनुसार प्रतियोगिताको सबै खेलमा विजयी टोलीलाई थप रु २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको कुल बजेट रु ३,९३०१,८१३ रहेको छ ।

  • दोलखामा भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुने, पहिलो हुनेले ४ लाख पुरस्कार पाउने

    दोलखामा भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुने, पहिलो हुनेले ४ लाख पुरस्कार पाउने

    काठमाडौै । नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको स्मृतिमा दोलखामा वाग्मती प्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

    तामाङको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रतियोगिता आयोजना गर्न लागेको हो । खेल आगामी चैत १३ देखि १६ गतेसम्म दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे बजारमा हुने नेपाली कांग्रेस दोलखका प्रदेश ‘क’ का सभापति शुक्रराज तामाङले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । त्यस्तै दोस्रो हुनेले नगद २ लाख, तेस्रो हुनेले नगद १ लाख र सान्त्वना हुनेले नगद ५० हजार रुपैयाँ पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।