
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको प्यारापिट विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ । फागुन २० गते शुभ साइतको अवसर पारेर पूजा गरेसङै निर्माण कार्य औपचारिक रूपमा अगाडि बढेको छ ।
टियु मैदानको प्यारापिट विस्तार गर्ने जिम्मा बीकेओआई-केसीडिसी-बिजी जेभीले लिएको छ। उक्त कम्पनीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो।
निर्माण कार्यको सुपरिवेक्षण गरिरहेका साइट म्यानेजर प्रेम पौडेलका अनुसार तीन सिफ्टमा काम गरी आगामी वैशाख २४ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्यलाई समयमै पूरा गर्न आवश्यक स्रोतसाधन परिचालन गरिएका छन्।
टियु क्रिकेट मैदान नेपालकै सबैभन्दा ठूलो र ऐतिहासिक खेलमैदानहरू मध्य एक हो। प्यारापिट विस्तारसँगै मैदानको दर्शक क्षमता वृद्धि हुने तथा खेलाडी र दर्शकहरूका लागि थप सुविधाजनक वातावरण तयार हुने अपेक्षा गरिएको छ ।
यसअघि गत असारमा पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गरेका थिए ।उक्त कामका लागि ३०० दिनको समय सीमा तोकिएको मा २०० दिन कटेपछि मात्र काम सुरु गरिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्यारापिट रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको थियो ।
प्रधानमन्त्रीले तोकेको समय सीमा पुरा हुन अब केबल २ महिनाको समय बाकी रहेको छ ।
हेर्नुहोस् (फोटो फिचर)
)