Category: प्रविधि

प्रविधि

  • महसुल भुक्तानीका लागि अन्तिम मौका, प्राधिकरणको म्याद थप सूचना

    महसुल भुक्तानीका लागि अन्तिम मौका, प्राधिकरणको म्याद थप सूचना

    काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेर महसुल नतिर्ने उद्योगीहरूलाई प्रशासकीय पुनरावेदन गर्न फेरि सूचना जारी गरेको छ।

    मंगलबार जारी सूचनामा प्राधिकरणले उद्योगीहरूलाई जेठ मसान्तसम्म पुनरावेदनको समय दिइएको जनाएको छ। सञ्चालक समितिको वैशाख २१ गतेको निर्णय अनुसार यो म्याद तोकिएको हो। यसअघि प्राधिकरणले वैशाख २६ गते पनि यसबारे सूचना निकालेको थियो।

    प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरी विद्युत उपयोग गरेर महसुल नतिरेका ग्राहकहरूलाई विद्युत वितरण विनियमावली, २०७८ को विनियम ५५ बमोजिम पुनरावेदनको प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

    सूचनामा भनिएको छ, “बक्यौता रकमको ५ प्रतिशत वा सो बराबरको एक वर्ष म्यादको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीका रूपमा बुझाई २०८२ जेठ मसान्तसम्म प्रशासकीय पुनरावेदन गर्न सकिने व्यवस्था गरिएको छ।”साथै, प्राधिकरणले २०७५ वैशाखदेखि २०७८ असार मसान्तसम्मको विद्युत महसुलको बक्यौता भुक्तानी गर्ने वा सो बराबरको बैंक ग्यारेन्टी पेश गर्ने ग्राहकलाई पाँच प्रतिशत छुट दिने सुविधा पनि दिएको छ।

  • नीति तथा कार्यक्रम: नागरिक एप्स मार्फत सबै सेवा अनलाइन उपलब्ध गराइने

    नीति तथा कार्यक्रम: नागरिक एप्स मार्फत सबै सेवा अनलाइन उपलब्ध गराइने

    काठमाडौं । सरकारले राज्यद्वारा प्रदान गरिने सबै सेवा–सुविधा अनलाइन प्रणालीमार्फत नागरिकसम्म पु‍र्‍याउने लक्ष्यसहित नागरिक एप्सलाई विस्तार गर्ने घोषणा गरेको छ।

    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन्।

    उनका अनुसार नागरिक एप्समार्फत सेवा विस्तार गरी सरकारी सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था गरिनेछ। यसमार्फत नागरिकले घरमै बसेर अनलाइन सेवा उपयोग गर्न सक्ने वातावरण बनाइने सरकारको योजना छ।

  • भारतबाट अब दैनिक १५ घण्टा बिजुली आयात गर्न पाउने

    भारतबाट अब दैनिक १५ घण्टा बिजुली आयात गर्न पाउने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट अब दैनिक १५ घण्टासम्म ६०० मेगावाट बिजुली आयात गर्न पाउने भएको छ। यसअघि प्राधिकरणले दैनिक १२ घण्टा मात्रै बिजुली आयात गर्दै आएको थियो।

    भारत सरकारले ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत बिहान २ बजेदेखि साँझ ५ बजेसम्म कुल १५ घण्टा आयातको अनुमति दिएको हो। यसअघि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मको ‘सोलार आवर’ अवधिमा मात्रै आयात गर्न पाइन्थ्यो।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतले आगामी दुई महिनाका लागि दैनिक १५ घण्टा ६०० मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति दिएको जानकारी दिए। उनले बिहान २ बजेदेखि ६ बजेसम्मको अतिरिक्त समय पाएको उल्लेख गर्दै, यसले हिउँदमा विद्युत् आपूर्तिमा सहजता ल्याउने बताए।

    प्रवक्ता राजाभाई सिल्पकारले भारतबाट सोलार घण्टामा निरन्तर आपूर्ति भइरहे पनि पिक आवरमा मागअनुसार पर्याप्त आपूर्ति नपाएको बताए। उनले भने, “अब पुरानै स्वीकृत अनुसार १२ घण्टा होइन, थप १५ घण्टा विद्युत् आपूर्ति हुने भएको छ।”भारतले यसअघि नै ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनमार्फत ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयातको अनुमति दिएको थियो। तर, भारतमै माग बढेसँगै आयातमा कटौती भएको थियो।

    प्राधिकरणका अनुसार भारतबाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (IEX) को डे–अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धाबाट खरिद हुँदै आएको छ। हाल मैनैया–सम्पतिया लाइनमार्फत बिहान २ देखि ६ बजे र साँझ ६ देखि ७ बजे गरी जम्मा ५० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ।हिउँद याममा स्वदेशी उत्पादन घट्ने भएकाले प्राधिकरणले भारतबाट विद्युत् आयात गर्दै आएको हो। अघिल्लो स्वीकृतिअनुसार चैत २ सम्म २० घण्टा र त्यसपछिदेखि असार १६ सम्म सोलार घण्टामा मात्र आयातको अनुमति दिइएको थियो।

  • रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काई सुरक्षित अवतरण

    रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काई सुरक्षित अवतरण

    काठमाडौँ । रामेछापबाट लुक्लातर्फ उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको हो। उक्त घटनाका कारण केही समयका लागि त्रिभुवन विमानस्थलमा उडान र अवतरण स्थगित गरिएको थियो।

    हाइड्रोलिक समस्या देखिएपछि जहाज धावनमार्गमै रोकिन पुगेको थियो। त्यसपछि विमानलाई सुरक्षित रूपमा बाहिर निकालेपछि मात्र अन्य उडानहरू सञ्चालनमा ल्याइएको हो।हाल जहाजको प्राविधिक परीक्षण जारी रहेको जनाइएको छ। सबै यात्रु सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।

  • भारतबाट अमेरिका १५ लाख आइफोन किन निर्यात गरियो?

    भारतबाट अमेरिका १५ लाख आइफोन किन निर्यात गरियो?

    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले चीनमाथि १२५ प्रतिशतसम्मको भारी भन्सार दर लगाएको कारण एप्पलले भारतबाट अमेरिका १५ लाख आइफोन पठाएको छ। रोयटर्सको रिपोर्ट अनुसार, एप्पलले चाटर्ड एयर कार्गो विमानमार्फत ती आइफोन अमेरिका पठाएको हो।

    किन एप्पलले भारतबाट आइफोन पठायो?

    चीनबाट अमेरिकामा आयात हुने सामानहरूमा उच्च भन्सार दर लगाइएपछि, एप्पलले भारतलाई आफ्नो आइफोन उत्पादनको लागि प्रमुख स्थान बनाएको छ। ट्रम्प प्रशासनले चीनबाट आइफोनमा १२५ प्रतिशत भन्सार लगाएको छ भने भारतबाट केवल २६ प्रतिशत भन्सार दर छ। यसबाट एप्पलले चीनको सट्टा भारतबाट आइफोनको आपूर्ति गराउने रणनीति अपनाएको हो।

    भारतमा भारत सरकारका अधिकारीहरूसँग मिलेर भन्सार क्लियरेंस प्रक्रियालाई छिटो बनाउन काम गरिएको थियो, जसले गर्दा आइफोनलाई ३० घण्टामा क्लियर गरेर ६ घण्टामा निकासी गर्न सकियो। यसलाई ‘ग्रीन करिडोर’ भनिन्छ, जसले आपूर्ति प्रक्रियालाई द्रुत र प्रभावकारी बनाउँछ।

    भारतमा आइफोन उत्पादन वृद्धि

    भारतको चेन्नईस्थित फक्सकन कारखानामा एप्पलको उत्पादनमा २० प्रतिशत वृद्धि भएको छ। कर्मचारीहरूको संख्या बढाइएको र लगातार काम गराइएको छ। फक्सकन र टाटाले भारतमा एप्पलका उत्पादनमा प्रमुख भूमिका निभाइरहेका छन्। भारतमा अहिले ३ वटा कारखाना सञ्चालनमा छन् र थप २ वटा निर्माणाधीन छन्।

    अमेरिकामा आइफोनको मूल्य वृद्धि

    चीनमा आइफोन उत्पादन गर्ने कारखानामा उच्च भन्सार दरका कारण अमेरिकामा आइफोनको मूल्यमा वृद्धि हुने संभावना छ। अमेरिकामा अहिले चीनबाट आयात हुने आइफोनको मूल्य बढेर २३०० डलरसम्म पुग्न सक्छ, जुन उपभोक्ताको पहुँच बाहिर पर्न सक्छ।

    निष्कर्ष

    भारतले एप्पललाई आइफोन उत्पादन र आपूर्ति गर्ने प्रमुख हबको रूपमा स्थापित भइरहेको छ, जसले अमेरिका र अन्य बजारहरूमा आपूर्ति सुनिश्चित गर्न मद्दत पुर्याएको छ।

  • “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट प्रणाली सुरु, अब रिपोर्ट घरबाटै हेर्न सकिने”

    “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट प्रणाली सुरु, अब रिपोर्ट घरबाटै हेर्न सकिने”

    काठमाडौ । । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो सेवालाई प्रविधिमैत्री बनाएको छ।

    अब, बिरामीहरूले घरबाटै अनलाइन टिकट काट्न सक्नेछन् र ल्याब रिपोर्ट पनि मोबाइल वा कम्प्युटरमा हेर्न सकिने व्यवस्था लागू गरिएको प्रतिष्ठानले जनाएको छ। प्रमुख रजिस्ट्रार श्याम लम्सालका अनुसार, बिरामीहरूको सङ्ख्या अत्यधिक वृद्धि भएकाले संस्थागत सुधारका लागि यस्तो सुविधा थपिएको हो।

    उनले भने, “अनलाइन टिकट काट्ने र ल्याब रिपोर्ट अनलाइनमै हेर्न सक्ने व्यवस्थाले अब बिरामीलाई लाइनमा लाग्ने समस्याबाट मुक्त हुने आशा गरिएको छ।” प्रतिष्ठानबाट दैनिक ८ सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्।

  • आइएमई ग्रुप र आईएक्सआई कर्पको टेक्निकल स्कुल सञ्चालनमा, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य

    आइएमई ग्रुप र आईएक्सआई कर्पको टेक्निकल स्कुल सञ्चालनमा, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य

    काठमाडाैं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न काठमाडा टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् ।

    मंगलबार काठमाडौंको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गरेका हुन् ।

    यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ । स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।

    आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।
    आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।

    उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताए । उनले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

    स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीले बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए ।

    उनले यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । “नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,” उनले भने ।

    “हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ,” उनले भने ।

    सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनले बताए । अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको बताए ।

    “स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,” उनले भने ।

    काठमाडौं टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामि दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताए ।

    उनले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताए । यस स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ, उनले भने ।

    केटीएसले आफ्ना विद्यार्थीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको उनले बताए ।

    कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कुटनीतिक नियोग तथा दात्रृ निकायका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

  • ६० औँ आइटेक दिवस मनाइयो

    ६० औँ आइटेक दिवस मनाइयो

    काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रवार ६० औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई सम्झँदै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असङ्ख्य पहलहरूको लागि कृतज्ञता व्यक्त गरिन् ।

    त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो मन्तव्यमा आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताहरू अनुसार थप अनुकूलित कार्यक्रमहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रमको क्रममा महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव र अन्तर्दृष्टि साझा गरे ।

    समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्द्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वर कुमार ठाकुरको नेतृत्वमा रहेको भारतको सांस्कृतिक समूह ‘यज्ञ’ द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मन्त्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज पनि समावेश थियो ।

    आइटेकको रूपमा परिचित भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम भारत सरकारको विदेश मन्त्रालयको अग्रणी क्षमता निर्माण प्लेटफर्म हो । अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि सबैभन्दा पुरानो संस्थागत व्यवस्थाहरू मध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका हो, जसले १६० भन्दा बढी देशका २००,००० भन्दा बढी अधिकारीहरूलाई तालिम दिएको छ ।

    उच्च शैक्षिक संस्था र प्रशिक्षण सुविधाहरूमा उपलब्ध भारतको शासन र विकास–सम्बन्धित विशेषज्ञताको विशाल र समृद्ध सञ्जाल निर्माण गर्दै आइटेकले प्रत्येक वर्ष भारतका १००ं प्रख्यात संस्थानहरूमा लगभग ४०० कोर्सहरू मार्फत करिब १०,००० फुल्ली–फन्डेड इन–पर्सन प्रशिक्षण अवसरहरू प्रदान गर्दछ ।

    सन् २०२४–२०२५ मा नेपालका ५१० जना पेशेवरहरूलाई भारतका विभिन्न प्रमुख संस्थानहरूमा विभिन्न कोर्सहरूको लागि तालिम दिइएको थियो । नेपाल सरकारका २१ जना इन्जिनियरहरू आईआईटी रुडकीमा जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिँचाइ जल व्यवस्थापन जस्ता विषयहरूमा दुई वर्षे एम.टेक कोर्समा भर्ना भएका छन् । सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानहरूमा डाक्टरहरू (५०), सरकारी वकिलहरू (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका सदस्यहरू (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्सहरूको व्यवस्था गरिएको थियो ।

    नजिकको र मैत्रीपूर्ण छिमेकी भएको नाताले भारत सरकारको आइटेक पहलमा नेपाल सक्रिय साझेदार हो । नेपालबाट विगत १५ वर्षमा मात्र ३,००० भन्दा बढी अधिकारीहरूलाई आइटेक अन्तर्गत रहेर तालिम दिइएको छ ।

    यी क्षमता निर्माणका कार्यक्रमहरू भारतले गरेको प्रयासको एक हिस्सा रहेका छन् जसले नेपाल र साझेदार देशहरूको मानव संसाधन विकासलाई सहयोग गर्ने मात्र नभई उनीहरूको अनुभवबाट सिकी उक्त क्षेत्रको समग्र सामाजिक–आर्थिक लाभमा योगदान पुर्‍याउँदछन् ।

  • आज काठमाडौंका यी स्थानमा बिजुली काटिदै

    आज काठमाडौंका यी स्थानमा बिजुली काटिदै

    काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ ।

    शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली कटौती हुने जानकारी दिएको छ ।

    सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि बिजुली बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने प्राधिकरणले जनाएको छ ।तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने पनि प्राधिकरणले जानकारी दिएको छ ।

  • बिवाईडी हाई–टेक वीक–२०८१ काठमाडौंमा सुरु

    बिवाईडी हाई–टेक वीक–२०८१ काठमाडौंमा सुरु

    काठमाडौं । नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडी हाई–टेक वीक २०८१ को आयोजना गरेको छ।

    पहिलोपटक आयोजना भएको यो विशेष कार्यक्रमले विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधिहरूलाई अनुभव गर्ने तरिका नै परिवर्तन गरिरहेको छ।कार्यक्रम १४ फागुनदेखि १८ फागुनसम्म काठमाडौंको एभरेस्ट होटलमा भइरहेको छ। यस कार्यक्रमले आगन्तुकहरूलाई नयाँ ऊर्जा सवारी र दिगो प्रविधिहरू नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ।

    बिवाईडी हाई–टेक वीक २०२५ केवल प्रदर्शनी मात्र नभई, ईभी प्रविधि, एआई एकीकरण र नयाँ ऊर्जा समाधानहरूको महत्त्वपूर्ण मञ्चको रूपमा प्रस्तुत गरिएको छ। यस कार्यक्रमले उद्योग व्यवसायी, ईभी बिक्रेता, प्रविधि प्रेमी र सर्वसाधारणलाई समेटेको छ।कार्यक्रममा सहभागीहरूले बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ–प्लेटफम ३.०, डुअल मोड अफ–रोड, उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन्।

    साथै, नेक्स्ट–जेन सवारी प्रदर्शन, बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरूको अवलोकन गर्न र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पनि पाउनेछन्।
    स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक–समय प्रविधि प्रदर्शनका लागि डेमोन्स्ट्रेसन पनि हुनेछ। यसका अलावा, ईभी प्रविधि र नयाँ ऊर्जा सवारीको भविष्यबारे उद्योगका अग्रणी विज्ञ, इन्जिनियर र दिगोपन अभियानकर्ताहरूबाट विशेषज्ञ प्रवचन र प्यानल छलफल हुने बताइएको छ।कार्यक्रममा नयाँ उत्पादनहरूको अनावरण पनि हुनेछ। यस क्रममा, नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर प्रदान गरिनेछ।

    साइमेक्स इंक प्रालिका अध्यक्ष यमुना श्रेष्ठले यो आयोजनाले नेपालमा ईभी प्रविधिको भविष्यलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेकी छन्। उनले कार्यक्रममा भनिन्, ‘वायु प्रदूषणका कारण हिमालमा हिउ पग्लिदै गएको समयमा ईभीलाई प्राथमिकता दिन जरुरी छ। यस कार्यक्रममा सहभागिता जनाएर हामी नयाँ ऊर्जा सवारीको महत्त्व र दिगो भविष्यका लागि पहल गर्न सक्छौं।’नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडी हाई–टेक वीक २०२५ ले हरित ऊर्जा यात्रालाई गति दिने र ईभी प्रविधिमा नवीनता ल्याउने उद्देश्य राखेको छ। प्रदर्शनीमा बिवाईडी सार्क, बाओ फाइभ, डेन्जा, याङवाङ यु८ र जेड नाइ जिटी मोडेलहरू राखिएका छन्। यीमध्ये डेन्जा नेपालमै राखिने छ।