• २०८३ असार १३
  • 2026 June 27, Saturday

“राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट प्रणाली सुरु, अब रिपोर्ट घरबाटै हेर्न सकिने”

  • २०८१ चैत ३१, आइतबार १४:०२

काठमाडौ । । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो सेवालाई प्रविधिमैत्री बनाएको छ।

अब, बिरामीहरूले घरबाटै अनलाइन टिकट काट्न सक्नेछन् र ल्याब रिपोर्ट पनि मोबाइल वा कम्प्युटरमा हेर्न सकिने व्यवस्था लागू गरिएको प्रतिष्ठानले जनाएको छ। प्रमुख रजिस्ट्रार श्याम लम्सालका अनुसार, बिरामीहरूको सङ्ख्या अत्यधिक वृद्धि भएकाले संस्थागत सुधारका लागि यस्तो सुविधा थपिएको हो।

उनले भने, “अनलाइन टिकट काट्ने र ल्याब रिपोर्ट अनलाइनमै हेर्न सक्ने व्यवस्थाले अब बिरामीलाई लाइनमा लाग्ने समस्याबाट मुक्त हुने आशा गरिएको छ।” प्रतिष्ठानबाट दैनिक ८ सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्।

  • २०८१ चैत ३१, आइतबार १४:०२