
काठमाडौँ । रामेछापबाट लुक्लातर्फ उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको हो। उक्त घटनाका कारण केही समयका लागि त्रिभुवन विमानस्थलमा उडान र अवतरण स्थगित गरिएको थियो।
हाइड्रोलिक समस्या देखिएपछि जहाज धावनमार्गमै रोकिन पुगेको थियो। त्यसपछि विमानलाई सुरक्षित रूपमा बाहिर निकालेपछि मात्र अन्य उडानहरू सञ्चालनमा ल्याइएको हो।हाल जहाजको प्राविधिक परीक्षण जारी रहेको जनाइएको छ। सबै यात्रु सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।