Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • राष्ट्रियसभा चुनावका लागि ४३ जनाको उम्मेदवारी, कुन प्रदेशबाट को ? (सूचीसहित)

    राष्ट्रियसभा चुनावका लागि ४३ जनाको उम्मेदवारी, कुन प्रदेशबाट को ? (सूचीसहित)

    काठमाडौं । १९ राष्ट्रियसभा सदस्य चयनका लागि माघ १२ गते हुने निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ ।

    निर्वाचन आयोगका अनुसार प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ ।

    मंगलबार प्रदेशअनुसार निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरिएको हो ।

    निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

    हेर्नुहाेस् सूची : 

     

  • काेराेनाविरुद्धकाे अतिरिक्त खाेप अभियान स्थगित

    काेराेनाविरुद्धकाे अतिरिक्त खाेप अभियान स्थगित

    काठमाडाैं । काेराेना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ । प्राविधिकलगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जानकारी गराएकाे हाे ।

    मङ्गलवारदेखि खोप लगाउन सुरु गर्न भनेर साेमबार देशभरि नै पत्राचार गरिएकोमा कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए ।

    अतिरिक्त मात्रा खोप अभियान रोकिए पनि कोरोनाको अरू नियमित खोप अभियान भने सञ्चालन भइरहने मन्त्रालयले बताएकाे छ ।

    अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरूले पाउने भनिएको थियो ।

     

  • राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार दर्ता सम्पन्न

    राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार दर्ता सम्पन्न

    काठमाडाैं । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

    उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदै छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

    आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ ।

    प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनमा नौ राजनीतिक दलले सवै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिएका छन् ।

    निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

  • म सधैँभरी कप्तान हुन आएकाे हाेइन : ज्ञानेन्द्र मल्ल (भिडियोसहित)

    म सधैँभरी कप्तान हुन आएकाे हाेइन : ज्ञानेन्द्र मल्ल (भिडियोसहित)

    काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफूलाई कप्तानबाट हटाउँदा दु:ख लागेको बताएका छन् ।

    मंगलबार टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउँदा दु:ख लागेको बताएका हुन् । आफूले धेरै वर्ष क्रिकेटलाई दिएको र बिना कारण विभिन्न कुराहरु निकालेर आरोप लगाउनु दु:खको विषय भएको उनकाे भनाइ थियाे । क्यानलाई आफूहरुले सदैव सम्मान गर्ने भन्दै उनले बोर्डको विरुद्धमा जाने, बोर्डलाई निच बनाउने काम कहिले नगरेकाे जिकिर गरे ।

    मल्लले आफू सधैँ कप्तान बन्न नआएको र आफू सधैँ देशको लागि र आफ्नो लागि खेल्ने बताए । मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताए । नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको र टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको पनि उनले स्पष्ट पारे ।

    असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै सबै खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन् । खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछाने बाहेक सबै खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका छन् ।

    यसअघि क्यानले कारवाहीमा राखेर कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्रसिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।

    त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केही लचकता अपनाएर विवाद समाधान गरेका छन् ।

  • राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनित, को-को परे ? (सूचीसहित)

    राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनित, को-को परे ? (सूचीसहित)

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन् । मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।

    राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको लिङ्देनको सचिवालयले जनाएको छ । गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित भएका थिए ।

    राप्रपामा चार उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, कोषाध्यक्ष र सहायक कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ ।

    हेर्नुहोस् मनाेनितकाे सूची :

  • माओवादी केन्द्रको अध्यक्षमा ‘प्रचण्ड’ निर्विरोध निर्वाचित

    माओवादी केन्द्रको अध्यक्षमा ‘प्रचण्ड’ निर्विरोध निर्वाचित

    काठमाडाैं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध निर्वाचित गरेकाे छ ।

    सोमबार बसेको बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

    बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकाे नेतृत्व आवश्यक रहेको भनी नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । श्रेष्ठले राखेको प्रस्तावमाथि बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

  • राष्ट्रियसभाका लागि कांग्रेसले टुंगाे लगायाे उम्मेदवारकाे नाम, कुन प्रदेशमा काे ?

    राष्ट्रियसभाका लागि कांग्रेसले टुंगाे लगायाे उम्मेदवारकाे नाम, कुन प्रदेशमा काे ?

    काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारकाे टुंगो लगाएकाे छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए ।

    पाँच दलीय गठबन्धनसँगको सहमति अनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायणदत्ता मिश्र राष्ट्रियसभाका उम्मेदवार हुने पक्का भएकाे छ ।

  • पाणिनी गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा

    पाणिनी गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा

    अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेकी हुन् ।

    उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गरेको अर्घाखाँची कांग्रेसले जनाएको छ ।

    लामो समय एमालेको राजनीतिमा सक्रिय सही जिल्ला सदस्यसमेत भएकी लक्ष्मी गौतम स्थानीय तहको निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर एमालेबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी हुन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी विजयी भएका थिए ।

  • नेप्से परिसूचक २६ सय अंक माथि

    नेप्से परिसूचक २६ सय अंक माथि

    काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको हाे ।

    नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि सोमबार साढे चार अर्ब माथि पुगेको छ ।

    सोमबार धेरे शेयर मूल्य बढ्ने कम्पनीहरूमा मध्य भोटेकोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआई एशिया लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्सलगायत शेयर मूल्य बढेको छ । भोटेकोशी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।

    धेरै घट्ने कम्पनीहरूमा नेपाल बंगलादेश बैंक, तेह्रथुम पावर कम्पनी, युनाइटेड इन्स्यारेन्स, रुरु जलविद्युत् कम्पनीलगायत छन् ।

  • राष्ट्रियसभाकाे १९ सिटमा मिल्याे भागबण्डा : कसले कति-कति सिट पाए ?

    राष्ट्रियसभाकाे १९ सिटमा मिल्याे भागबण्डा : कसले कति-कति सिट पाए ?

    काठमाडाैं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।

    भागबण्डा अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

    खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनका सदस्यहरुको कार्यकाल सकिन लागेकाे छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुनेछ ।