म सधैँभरी कप्तान हुन आएकाे हाेइन : ज्ञानेन्द्र मल्ल (भिडियोसहित)

काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफूलाई कप्तानबाट हटाउँदा दु:ख लागेको बताएका छन् ।

मंगलबार टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउँदा दु:ख लागेको बताएका हुन् । आफूले धेरै वर्ष क्रिकेटलाई दिएको र बिना कारण विभिन्न कुराहरु निकालेर आरोप लगाउनु दु:खको विषय भएको उनकाे भनाइ थियाे । क्यानलाई आफूहरुले सदैव सम्मान गर्ने भन्दै उनले बोर्डको विरुद्धमा जाने, बोर्डलाई निच बनाउने काम कहिले नगरेकाे जिकिर गरे ।

मल्लले आफू सधैँ कप्तान बन्न नआएको र आफू सधैँ देशको लागि र आफ्नो लागि खेल्ने बताए । मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताए । नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको र टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको पनि उनले स्पष्ट पारे ।

असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै सबै खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन् । खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दिप लामिछाने बाहेक सबै खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका छन् ।

यसअघि क्यानले कारवाहीमा राखेर कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्रसिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।

त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केही लचकता अपनाएर विवाद समाधान गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१