
काठमाडाैं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध निर्वाचित गरेकाे छ ।
सोमबार बसेको बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकाे नेतृत्व आवश्यक रहेको भनी नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । श्रेष्ठले राखेको प्रस्तावमाथि बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।